उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश भएका विधेयकहरुको प्रक्रियामा त्रुटि नभएको बताएका छन्।
बुधबार प्रतिनिधिसभामा पेस भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१’ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले सदनमा प्रस्तुत हुने विधेयकमाथि विरोध र समर्थन हुने बताए। विधेयकबारे छलफल गरेर संसद्ले उचित निर्णय गर्ने उनको भनाइ छ।
उनले भने, ‘हामी राम्रो संवैधानिक अभ्यासमा छौँ। अध्यादेश सदनमा आउँछ, छलफल हुन्छ। समर्थन हुन्छ, विरोध हुन्छ। सभाले विवेक प्रयोग गरेर उचित ढंगले निर्णय गर्छ। त्यही प्रक्रियामा हामी छौँ।’
अर्थमन्त्री पौडेलले संसदमा प्रस्तुत विधेयक स्वेच्छाचारी वा निरंकुश नभएर सरकारले आवश्यक महशुस गरेर ल्याएको जिकिर गरे।
संसद्मा प्रस्तुत पेस गर्नु, छलफल गर्नु, संसदले नै निर्णय गर्नु निरंकुश हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने? भन्दै प्रतिप्रश्न गरे।
Shares

प्रतिक्रिया