विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले अध्यादेश ल्याउन हतार गरेर कलंकको भारी बोकेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायी सम्बन्धि अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव राख्दै उनले सरकारले अवैधानिक काम गरेको बताए।
‘विषयबस्तुमा पनि योजना आयोगको भूमिका खुम्च्याइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई पनि संविधानको धारा ६० (३) को बर्खिलाप हुने गरेर यहाँ केही दफा प्रस्तुत भएका छन्,’ उनले भने, ‘तीन महिनाको छलफल राखिएको विषयलाई पनि घटाएर एकमहिना राखिएको छ। यो सबैको नियत अर्थमन्त्रालयकोे शाखा बनाउने दुर्नियतका साथ ल्याइएको छ। वित्त आयोगको कार्यादेशमा हस्तक्षेप हुने गरेर ल्याइयो । नेपाललाई ग्रे लिष्टमा चढाइदिनुभएको छ, यो सरकारको पालामा नै त्यो कलंक बोकिएको छ। बुर्किना फासो र हाइटीकै हाराहामीमा नेपाललाई यो सरकारले दर्ज गराएको छ।’
उनले अध्यादेश ल्याउनुपर्ने कुनै कारण नै नभएको भन्दै सरकारले छलछाम गरेको बताए।
‘न नीतिगत आकस्मिकता छ, न प्रक्रियागत द्रुद्रता। अध्यादेशबाट शासन गर्न खोजेको बदनामी, यो कलंक बोक्दैगर्दा पनि यहाँहरूको पासर्ने क्षमता रहेनछ भन्ने यहाँ देखिएको छ,’ उनले थपे, ‘कहिलेकाँही राम्रै नतिजा ल्याउन खोजेपनि प्रक्रियामा छलछाम गरिँदाखेरी त्यसको प्रतिफल अवैध हुनेगर्दछ। कहिलेकाँही कानुनी मानिने प्रक्रियामा पनि अनैतिक भएको उदाहरण छन्। त्यसैले प्रक्रियालाई नजरअन्दाज नगर्न म अनुरोध गर्न चाहन्छु।
Shares

प्रतिक्रिया