राजनीति


एमालेलाई प्रश्न मनपर्दैन, ओलीलाई प्रश्न गर्दा दर्शक कुटिन्छन् : सांसद नेपाली

एमालेलाई प्रश्न मनपर्दैन, ओलीलाई प्रश्न गर्दा दर्शक कुटिन्छन् : सांसद नेपाली

नेपालखबर
फागुन २१, २०८१ बुधबार १४:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले सत्तारुढ दल नेकपा एमाले र प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कसैले पनि प्रश्न सोधेको मन पर्न छोडेको बताएका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीप्रति गम्भीर आरोप लगाए। 

‘लोकतन्त्रको आधारभूत सिद्धान्त हो वाकस्वतन्त्रता तर, यो लोकतान्त्रिक व्यवस्थाको प्रधानमन्त्रीलाई लोकतन्त्र मनपर्दैन। किनकि, उहाँ र उहाँको दललाई प्रश्न मनपर्दैन,’ नेपालीले भने, ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्दा संसदीय रिपोर्टिङ गर्ने दुई पत्रकारको अनुमतिपत्र निलम्बन गरिन्छ। किनकि, उहाँलाई प्रश्न मनपर्दैन।’

ओलीलाई अमर्यादित शब्द राखेर प्रश्न सोधेको भन्दै संसद् सचिवालयका महासचिवले दुई पत्रकारको संसद पास निलम्बन गरेका थिए। यस्तै, सांसद नेपालीले केहीदिनअघि सम्पन्न ओली कपको फाइनल हेर्न गएका केही दर्शकलाई एमालेका कार्यकर्ताले कुटपिट गरेका थिए। 

‘केपी ओली कपमा हुटिङ गर्दा कार्यर्ताले दर्शक कुट्छन्। खेद्छन्। यदि केही गलत थियो भने कानून छ, प्रहरी छन्। के कार्यकर्ताले पिट्ने नै उपाय हो?  पिटिरहेका छन्। किनकि, एमालेलाई प्रश्न मनपर्दैन,’ नेपालीले थपे, ‘कसैले टिभीमा अन्तर्वार्ता दिँदा प्रतिपक्षलाई अराजक भन्छ, कसैले जिव्रो थुत्ने कुरा गर्छ। भने कसैले पेड मिडिया भन्छ। किनकि यो सरकारलाई स्वतन्त्र नागरिक र निष्पक्ष पत्रकारिता मन पर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad