राजनीति


संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ जारी

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ जारी

नेपालखबर
फागुन २१, २०८१ बुधबार १२:६, काठमाडौँ

सर्वोच्च अदालतमा विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा दोस्रो दिनको सुनुवाइ सुरू भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो। इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको

लामो समय अन्योलमा रहेको यस विवादमा पूर्ण सुनुवाइ हुन सकेको थियो। गत माघ ३० गते निवेदक अधिवक्ता ओमप्रकाश अर्याल र उनका तर्फबाट वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए। उक्त दिन सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। आज पनि निवेदककै तर्फबाट बहस भइरहेको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

निवेदकका तर्फबाट २४ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन्। त्यस्तै सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जनाको टोली बहसका लागि तयार पारिएको छ।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा ५२ जनालाई गरेको नियुक्ति गैरकानुनी रहेको भन्दै बदर गर्न निवेदकले माग गरेका छन्।

२०७७ पुस १ गते वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले यी ५२ जनाकै नियुक्ति गैरकानुनी भन्दै बदर गर्न माग गरेर रिट दायर गरेका थिए। त्यसपछि उनीसहितले थप १४ वटा निवेदन दर्ता गरेका छन्।

ती निवेदनलाई सर्वोच्चले अग्राधिकार दिए पनि चार वर्षसम्म किनारा लगाउन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad