राजनीति


तत्काल कसैसँग पार्टी एकताको सम्भावना छैन : झलनाथ खनाल

तत्काल कसैसँग पार्टी एकताको सम्भावना छैन : झलनाथ खनाल

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १३:२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्। 

धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै सम्भावना नरहेको दाबी गरे।

उनले एजेन्डाका आधारमा कार्यगत एकता गर्न भने सकिने बताए। आज राष्ट्रियतामाथि खतरा बढेको कारण कार्यगत एकता गर्ने सम्भावना भएको उनको भनाइ छ।

‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन। तत्काल त्यो अवस्था आएकै छैन। तर कार्यगत एकता जोसँग पनि सम्भव छ,' उनले भने, 'इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ। जस्तो आज राष्ट्रियतामाथि खतरा बढेको छ। सबै वामपन्थीहरू मात्र होयन अरुपनि किन एकताबद्ध भएर उभिन सकेका छैनन्? चुच्चे नक्सा नेपाललले बनायो। त्यसलाई कार्यान्वयन गरियोस्। भने हामी उभिन सक्दैनौँ?’

चुच्चे नक्साको कार्यान्वयन जस्ता राष्ट्रिय मुद्दामा कार्यगत एकता गर्न सकिने बताए। 

उनले सरकार संकटको पोको बोकेर हिँडिरहेको आरोप पनि लगाए। 

‘अहिले जुन सरकार छ, झन्डै दुई तिहाइको सरकार भारी बर्कम सरकार भएपनि अनेक संकट पोका बोकेर हिँडेको छ। त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अधयादेश पनि हो,' उनले भने, 'अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा? जब कि संविधान अनुरुप कुनै पनि ऐनहरू सामान्य रुपले बनाउन सकिन्छ। सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन। यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad