नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आज नयाँ नेतृत्व चयन गर्दैछ।
नयाँ नेतृत्व चयन गर्दै नेमकिपाको आठौँ महाधिवेशनले आज सकिन लागेको हो। गएको शुक्रबारदेखि नेमकिपाको महाधिवेशन भक्तपुरमा चलिरहेको छ।
महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन्। अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो।
नेमकिपाले अहिलेसम्म बिजुक्छेँलाई नै सर्वसम्मत रुपमा अध्यक्ष चुन्दै आएको छ।
सातौँ महाधिवेशनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। यो महाधिवेशनले पनि बिजुक्छेलाई नै अध्यक्ष चयन गर्ने सम्भावना छ।
270
Shares

प्रतिक्रिया