कारोबार


३ दिनसम्म स्थिर रहेको सुनचाँदीकै मूल्य आज बढ्यो

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
३ दिनसम्म स्थिर रहेको सुनचाँदीकै मूल्य आज बढ्यो

नेपालखबर
फागुन २०, २०८१ मंगलबार ११:१७, काठमाडौँ

आज सुनचाँदीकै मूल्य बढेको छ। विगत तीन दिनसम्म स्थिर रहेको सुनचाँदीकै मूल्य आज बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चारसय र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको हो। 

मूल्य बढेर आज सुन प्रतितोला एक लाख ६९ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य एक लाख ६८ हजार एकसय रुपैयाँ थियो। गएको शुक्रबार,  आइतबार र सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो। 

गएको शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको थियो। त्यसैगरि गएको बुधबार एक हजार र बिहीबार दुईसय रुपैयाँ मूल्य घटेको थियो। 

यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय चालिस रुपैयाँ कायम भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad