राजनीति


प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न : अनुत्तीर्ण भएपछि पनि किन पदमा बसिरहनुभएको?

प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न : अनुत्तीर्ण भएपछि पनि किन पदमा बसिरहनुभएको?

नेपालखबर
फागुन १८, २०८१ आइतबार १७:४७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्।

आइतबार धनुषामा जनतासँग माओवादी तराई—मधेस जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारको काम कारबाहीमा सरकार सञ्चालन गरे यता प्रधानमन्त्री ओलीले उत्तिर्णाङ्क समेत नल्याएको भन्दै राजीनामा दिन आग्रह गरेका हुन्।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले शिक्षकमाथि गाली गरेको भन्दै आफैँ अनुत्तीर्ण हुने अनि शिक्षकलाई गाली गर्ने? भन्दै प्रश्न गरे। उनले मन्त्रिपरिषद्को कार्य सम्पादनमा प्रधानमन्त्री ओलीले २८ प्रतिशत मात्रै ल्याएको उल्लेख गर्दै अनुत्तीर्ण भएपछि पनि किन पदमा बसिरहनुभएको? भन्दै प्रश्न गरे। शिक्षकलाई गाली गर्न छोडेर स्वमूल्यांकन गरेर प्रधानमन्त्री छोड्न उनको सुझाव छ।

उनले भने, ‘अहिलेको सरकारले के भन्छन् त तपाईंले प्रधानमन्त्रीको कुरा सुन्नुभयो होला। ४८ प्रतिशत मात्रै पास गराउने टिचरलाई केको सुविधा भनेर उनले अझ मास्टरलाई गाली गरे। राज्यले उचित बजेट दिनुछैन। व्यवस्थापन गर्नुछैन। अझ शिक्षकलाई गाली गर्नेतिर प्रधानमन्त्रीको बुद्धि छ। कर्मचारीलाई गाली गर्नेतिर छ बुद्धि। म के भन्न चाहन्छु भने प्रधानमन्त्रीजी तपाईंको क्याबिनेटको कार्य सम्पादन मूल्यांकनमा तपाईं २८ प्रतिशतमा पर्नुभएको छ। तपाईं त फेल नै हुनुभएको छ। किन बसिराखेको प्रधानमन्त्रीमा?’

अध्यक्ष दाहालले नेपाली नागरिकमाथि वर्तमान सरकारले केही महिनाभित्रै ३ खर्ब ऋण बोकाएको आरोप पनि लगाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad