राजनीति


राष्ट्रियसभाबाट चार विधेयक पारित

राष्ट्रियसभाबाट चार विधेयक पारित

नेपालखबर
फागुन १८, २०८१ आइतबार १७:४८, काठमाडौँ

राष्ट्रियसभाको आइतबारको बैठकबाट चारवटा विधेयक पारित भएका छन्। राष्ट्रियसभाले राष्ट्रियसभामै उत्पन्न भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ। अब यो विधेयक प्रतिनिधिसभामा पेस हुनेछ। प्रतिनिधिसभाले पनि पारित गरेपछि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरिनेछ।  

यस्तै, आइतबार राष्ट्रियसभाले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायनसम्बन्धी विधेयक पुनः पारित गरेको छ। यी तीनवटै विधेयक राष्ट्रियसभामै उत्पति भएका थिए। 

राष्ट्रियसभाले यी विधेयक यसअघि नै पारित गरी प्रतिनिधिसभामा पठाएको थियो। प्रतिनिधिसभाबाट पनि विधेयकहरू पारित भएपछि राष्ट्रियसभामा पेस गरिएका थिए। ती विधेयकहरू राष्ट्रियसभाले आइतबार फेरि पारित गरेको हो। अब यी विधेयकहरू प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad