राजनीति


राजेन्द्र लिङ्देनको आरोप : सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी गरेको छ

राजेन्द्र लिङ्देनको आरोप : सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी गरेको छ

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०८१ शनिबार २१:५५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी थालेको आरोप लगाएका छन्। 

आज (शनिबार) बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट शासन गर्न खोज्ने सरकारको प्रयास असफल हुने देखिएपछि सांसद किन्ने तयारी भइरहेको आरोप लगाएका हुन्। उनले वर्तमान व्यवस्था काम नलाग्ने सावित भइसकेको दाबी गरे।

साथै, उनले वर्तमान सरकार बनेको सात महिनामा कुनै पनि उपलब्धीमूलक काम नभएको बताए। अध्यक्ष लिङ्देनले प्रतिनिधि सभाको पहिला र दोस्रो ठूलो दल मिलेर सरकार बन्दा पनि जनतामा कुनै आशा जगाउने खालको काम हुन नसकेको बताए।

सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारले सांसदहरु किन्ने प्रयास गरिरहेको आरोप लगाएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad