राजनीति


नेपाल सम्भावना नै सम्भावनाको कुञ्ज हो : शशांक कोइराला

नेपाल सम्भावना नै सम्भावनाको कुञ्ज हो : शशांक कोइराला

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०८१ शनिबार २१:५९, काठमाडौँ

नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले नेपाल असङ्ख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने सुझाव दिएका छन्।  

नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभागको गण्डकी प्रदेशस्तरीय  भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले नेपालको समृद्धिमा युवाले प्रमुख भूमिका निर्वाह गर्ने बताए। 


'म सानो हुँदा बुबा बीपी कोइरालाले भन्नुहुन्थ्यो-म धेरै राष्ट्र घुमेँ, तर संसारमा सबैभन्दा सुन्दर देश नेपाल लाग्यो, तिमी नेपालमा नै बस्नु’ पछि मलाई विदेश जाने अवसर मिल्यो, तलब पनि मनग्य थियो तर बुबाले  भन्नुभएको कुराले बिजायो र विदेश पुगेर पनि स्वदेश नै फर्किएँ,' उनले भने।  

'विदेशबाट फर्केका युवाले त्यहाँ सिकेका सीप र अनुभवलाई सदुपयोग गरी स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए।

'मानिसको जीवन भनेको प्रयास र सङ्घर्षमय हुन्छ। निरन्तरको प्रयासले स्वदेशमा नै अवसर सृजना गर्न सकिन्छ' उनले भने।  

कतिपय मानिसले असफलताबाट सफलता हासिल गरेका उदाहरणहरू समाजमा रहेका भन्दै उनले आफूले गरेका काममा असफलतातर्फ गए पनि  निरन्तरको प्रयासपछि सफलता मिल्ने धारणा राखे। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले रोजगारीका लागि विदेश गएर स्वदेश फर्किएका युवाहरूले विदेशमा आर्जन गरेको सीपबाट उद्यमशीलता गरेर आफ्नो मुलुकलाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्नुपर्नेमा जोड दिए।

केन्द्रीय सदस्य गुरु बरालले केही बाध्यता र केही रहरले विदेश गएका युवाहरू स्वदेशमा फर्केपछि मुलुकमा अवसर खोजिरहेकाले सबै यस्ता उदाहरण बन्न सक्नुपर्ने धारणा राखे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad