राजनीति


सिरहा पुगेका प्रचण्डको स्वीकारोक्ति : माओवादीभित्र अहंकार जन्मियो

सिरहा पुगेका प्रचण्डको स्वीकारोक्ति : माओवादीभित्र अहंकार जन्मियो

नेपालखबर
फागुन १७, २०८१ शनिबार १७:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका नेता कार्यकर्तामा अहंकार जन्मिएकै कारण पछि परेको बताएका छन्। शनिबार सिरहामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले ०६४ को चुनावमा माओवादीमय भएको मधेसमा अहिले कमजोर हुनुको कारणबारे यस्तो बताएका हुन्। 

'०६४ को चुनावमा आइपुग्दा मधेश माओवादीमय भएको थियो। मधेश र तराईभरि पनि त्यस बेलाको अंकगणित हेर्नुभयो भने झापादेखि कञ्चनपुरसम्म अत्यधिक ठूलो संख्यामा माओवादीका उम्मेदवार विजयी भएका थिए,' उनले भने, 'त्यसपछि हामीमाथि ठूला षड्यन्त्र भए, एकातिर हामीले माओवादी आन्दोलनलाई एकताबद्ध राख्न सकेनौँ। हाम्रा पनि कमीहरू भए, हामीभित्र पनि अहंकार जन्मियो।'

देशभित्र र बाहिरका दलालले माओवादीमाथि ठूलो षडयन्त्र गरेको उनको आरोप छ।  
उनले भने, 'अर्कोतिर देशभित्र र बाहिरका दलालहरू षड्यन्त्रमा लागे। त्यही प्रक्रियामा रौतहटमा भयानक हत्याकाण्ड भयो। २९ जना माओवादी युवाहरूलाई एकैठाउँमा क्रूरतापूर्वक हत्या गरियो।'

माओवादीप्रति भ्रम सिर्जना गर्नको लागि मधेशमा दुष्प्रचारको अभियान चलाइएको पनि उनको आरोप छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad