समाज


प्रकृति लम्सालका परिवारलाई भेटेर शेखरले भने : दोषीमाथि हदैसम्मको कारबाहीका लागि ध्यानाकर्षण भइसकेको छ

प्रकृति लम्सालका परिवारलाई भेटेर शेखरले भने : दोषीमाथि हदैसम्मको कारबाहीका लागि ध्यानाकर्षण भइसकेको छ

नेपालखबर
फागुन १७, २०८१ शनिबार १८:१, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत फेला परेकी प्रकृति लम्सालका परिवारसँग भेट गरेका छन्। शनिबार रुपन्देही भैरहवास्थित लम्साल परिवारको घरमा पुगेका शेखरले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको बताएका हुन्। 

कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाइलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस घट्नालाई अत्यन्तै गम्भीर रुपमा लिएको बताए।

भेटमा उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीलाई सहजता पूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनको लागि आवश्यक पहल भइरहेको कोइरालाले सुनाए। 

लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad