ग्लोबल


उत्तराखण्ड: हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी

उत्तराखण्ड: हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी

नेपालखबर
फागुन १७, २०८१ शनिबार १५:३, काठमाडौँ

उत्तरी भारतको सीमाक्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार गरिएको छ । अझै आठजनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार (फागुन १७) बताएका छन् ।

चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लास्थित एक गाउँनजिकै निर्माण शिविरमा शुक्रबार हिमपहिरो खस्दा ५५ कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताए ।

“हिउँमा फसेका सबै कामदारलाई जतिसक्दो चाँडो सुरक्षित रूपमा बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको छ,” धामीले भने ।

स्थानीय प्रहरीले शनिबार एक विज्ञप्ति जारी गर्दै भग्नावशेषबाट ४७ जनालाई निकालिएको र बाँकी आठको खोजी जारी रहेको जनाएको छ । घटनास्थलमा रहेका सेनाका चिकित्सकले गम्भीर घाइतेको जीवनरक्षक शल्यक्रिया गरेको बताइएको छ ।

सन् २०२१ मा उत्तराखण्डमा हिमनदीको ठूलो भाग नदीमा खस्दा करिब १०० जनाको मृत्यु भएको थियो ।

सन् २०१३ को विनाशकारी मनसुनी बाढी र पहिरोका कारण ६ हजार मानिसको मृत्यु भएको थियो । र, राज्यमा विकास परियोजनाको पुनरवलोकनको माग गरिएको थियो । रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad