राजनीति


सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुन्न : विश्वप्रकाश

सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुन्न : विश्वप्रकाश

नेपालखबर
फागुन १३, २०८१ मंगलबार २०:५५, विराटनगर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल विधेयक संशोधन नगरी हुबहु पारित नहुने बताएका छन्।  

मंगलबार इटहरीमा आयोजित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ कोसी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक संशोधन नगरी पास हुने कुरामा आफूहरू सहमत नहुने बताए।

‘सम्माननीय प्रधानमन्त्रीले केपी ओली कमरेडज्यूलाई यही इटहरीमा अपाङ्ग सङ्घको अधिवेशनबाट भन्न चाहन्छु, सामाजिक सञ्जाल विधेयक जुन राष्ट्रिय सभामा आएको छ, यसलाई संशोधन नगरीकन पास हुन दिने कुरामा हामी सहमत हुँदैनौँ’, उनले भने, ‘अहिलेकै अवस्थामा सामाजिक सञ्जाल विधेयक पारित गर्ने तर्फ कोही नलागे हुन्छ।’

उनले नेपाली कांग्रेसका धेरै साथीहरू नबोको बताउँदै  पार्टीको महामन्त्रीले बोलिसकेकोले अरू धेरैले बोल्नु नपर्ने भन्दै स्पष्ट हुन आग्रह गरे।

‘नेपाली कांग्रेस अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको छ’, उनले भने, ‘कसैको विरोध गरेकै भरमा जेल जानुपर्ने अवस्था नआउने कुराको खुलेर आलोचना गर्न पाइन्छ।’

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ कोसी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै शर्माले महाधिवेशनले अपाङ्ग नागरिकलाई राजनीति भन्दा जीवन सिकाउनुपर्ने बताए। जीवन जिउने आधार बलियो भयो भने त्यो राजनीति भन्दा धेरै ठूलो हुने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad