राजनीति


प्रचण्ड भन्छन् : कसैको दया र मायाले म तीनपटक प्रधानमन्त्री बनेको होइन

प्रचण्ड भन्छन् : कसैको दया र मायाले म तीनपटक प्रधानमन्त्री बनेको होइन

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १६:५५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कसैको दया र मायाले माओवादी विगतमा सबैभन्दा ठूलो पार्टी नबनेको बताए। 

मोरङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैको दया र मायाले आफू तीन/तीन पटक प्रधानमन्त्री नबनेको भन्दै जनताको साथ र विश्वासले बनेको दाबी गरेका हुन्। 

विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रवैयाको विरोध र भन्डाफोर गर्न जरुरी रहेको उनको भनाइ छ।  

‘दलाल, विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रबैयाको बिरोध र भण्डाफोर गर्न जरुरी छ,' उनले भने, 'मलाई लाग्छ, नेपाली जनताले आम रुपमा बुझेको कुरा के छ भने यो सरकार जो बन्यो, मेरो नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारविरुद्ध चलाएको अभियान, चाहे त्यो राजनीतिक दलका नेताहरू होउन्,चाहे ठूला हाकिमहरू हुन्, चाहे भूमाफिया, विचौलियाहरू हुन्, तिनीहरूको बिरुद्ध अभियान चलाएकै हुनाले उनीहरूले नै पार्टीका नेताहरूलाई कन्भिन्स गरेर भनौँ, वा कडा भाषामा भन्दा किनेर, दलालहरूलाई खरिद गरेर र हामीलाई बाहिर पुर्‍यायो।'

आफ्नो पार्टीले जनताका मुद्दाप्रति अडान लिएकै कारण माया गरेको उनको भनाइ छ। 

'हामीलाई कसैले दया माया गरेर देशको ठूलो पार्टी बनाएको होइन, कसैले दया माया गरेर तीन तीन पटक प्रधानमन्त्री बनाइदिएको होइन,' उनले भने, 'नेपाली जनताको भरोसा र विश्वास, त्याग र तपस्या, जनताका माग र मुद्दाप्रति लिएको अडानकै कारण जनताले पुर्‍याएको हो ।’ 

अध्यक्ष दाहालले जनतासँगको विश्वास गुमाउँदा माओवादीहरू अलि बिग्रिएको र अब त्यस्तो नहुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad