राजनीति


देउवाले गरे कांग्रेस स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनयन

देउवाले गरे कांग्रेस स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनयन

नेपालखबर
फागुन १२, २०८१ सोमबार १६:५०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनयन गरेका छन्।

सभापति देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा १० सदस्य मनोनयन गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मनोनित नयाँ सदस्यहरूमा गीता सत्याल, ललितपुर, उमा थापा, बाँके, विनोद यादव, महोत्तरी, रविन राई, मोरङ, डा. हेमराज लामिछाने, चितवन, पुरुषोत्तम नेपाल, काभ्रेपलाञ्चोक, राजु गुरूङ, गोरखा, बाबुकृष्ण सापकोटा, धादिङ, गोरखबहादुर सुनार, जुम्ला र नृप खड्का, कैलाली छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad