राजनीति


कोसी र बागमती प्रदेशको नाम खारेजीका लागि संघर्ष गर्छौं : राजेन्द्र महतो

कोसी र बागमती प्रदेशको नाम खारेजीका लागि संघर्ष गर्छौं : राजेन्द्र महतो

नेपालखबर
फागुन १२, २०८१ सोमबार १६:२, काठमाडौँ

राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको वेथितिविरुद्ध संघर्ष गर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको बिस्तारित बैठकमा उनले यस्तो बताएका हुन्। 

उनले काठमाडौं उपत्यकामा भइरहेको गैरन्यायिक सडक बिस्तारको विरुद्धमा पनि संघर्ष जारी राख्ने बताए। चुरे दोहन, वन विनास तथा मधेस सरकारको वेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद बैठकमा छलफल हुने उनको भनाइ छ।

उनले भने, ‘संघर्षहरूको सम्बन्धहरूमा हामी यहाँ छलफल गर्छौँ। आगामी दिनमा गरिने संघर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ। त्यस्तै, कोशी प्रदेश नाम खारेजीको संघर्ष। मधेस सरकारको बेथितिविरुद्धको संघर्ष, चुरे दोहन गिटी बालुवा उत्खनन् तथा वन विनाशविरुद्धको संघर्ष, बागमती प्रदेश नाम खारेजीको संघर्ष। त्यस्तै उपत्यकाको गैरन्यायिक सडक बिस्तार खोला नदी मापदण्डविरुद्धको संघर्ष आदि संघर्षमा हाम्रो सहभागिता भइरहेको छ।’

बिस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रिय परिषद सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। विविध विषयमा छलफल तथा निर्णय गर्न सोमबार बसेको परिषद् बैठक मंगलवारसम्म जारी रहने पार्टीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad