राजनीति


काठमाडौँलाई व्यवस्थित बनाउन काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँलाई व्यवस्थित बनाउन काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह

नेपालखबर
फागुन ११, २०८१ आइतबार १३:३, काठमाडौँ

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौँलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब काम सुरु गर्नुपर्ने बताएका छन्।  

आइतबार काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार सहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै बिन्दुबाट काठमाडौँलाई व्यवस्थित गर्नका लागि काम सुरु गर्नुपर्ने बताएका हुन्। 

काठमाडौँ कुनै बेला उर्वर कृषि भूमि रहेको भन्दै चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरुप सहरका रुपमा विकसित हुन पुगेको भन्दै उपप्रधानमन्त्री सिंहले विगतका कमजोरीहरूलाई सच्याउन समय लागे पनि काम भने अघि बढाउने उनको भनाइ छ।  

‘धान उब्जनी हुने खेतहरूमा अहिले घरै घर बनेको छ। काठमाडौं अव्यवस्थित सहरका रुपमा विकसित भएकाले अब विस्तारै व्यवस्थित सहरका रुपमा लैजानका लागि हामीले कुनै न कुनै विन्दुबाट काम गर्नुपर्ने हुन्छ,' उनले भने, 'काम गर्नका लागि अब प्रारम्भ गर्नुपर्छ।'
 

मन्त्रालयमध्ये सहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै आफूले नेतृत्व सम्हालेपछि कामहरूले गति पाएको सिंहको भनाइ थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad