राजनीति


ज्ञानेन्द्र शाहीको प्रश्न : अमेरिकाबाट आएको रकम भ्रष्टाचार गर्ने कोको फटाहा हुन्?

ज्ञानेन्द्र शाहीको प्रश्न : अमेरिकाबाट आएको रकम भ्रष्टाचार गर्ने कोको फटाहा हुन्?

नेपालखबर
फागुन ८, २०८१ बिहिबार १७:२९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शीर्षकमा आएको रकमको हिसाब माग्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भनेकोले यो रकम किन र कसले ल्यायो खोजेर कारबाही गर्नुपर्ने बताएका हुन्।  

नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि अमेरिकामा बस्ने नेपालीको शीर झुकेको भन्दै भ्रष्ट नेताहरुकै कारण यस्तो भएको दाबी गरे। 

नेपाल राष्ट्र बैंकको अनुमतिबिना विदेशी रकम भित्र्याउन नपाउने भन्दै गभर्नरलाई समिति बैठकमा बोलाएर रिपोर्ट माग्नुपर्ने उनको भनाइ छ।

‘भर्खरै राष्ट्रपतिमा जितेका अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भ्रष्टको देश भनिसक्नु भयो। किन भनियो भने संघीयताको शीर्षकमा आउने २० मिलियन अमेरिकी डलर आजको विनिमयम दरअनुसार २ अर्ब ७६ अर्ब ६४ लाख रुपैयाँ र नेपालमा जैविक विविधताका संरक्षण अन्तर्गत दिन लागिएको १९ मिलियन अमेरिकी डलर आजको विनिमयम दरअनुसार २ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग यो चाहीँ भष्ट्राचारीले लिए, यो फ्रड हो भन्दिनुभयो,' उनले भने, 'अमेरिकाको राष्ट्रपतिले नेपालको नाम लिँद फ्रड(भ्रष्टाचारी) किन भन्नुभयो भने हाम्रो देशको नीतिनै त्यस्तै भएर हो। अमेरिकाको र नेपालको सम्बन्ध २००४ साल फागुन ६ गते भएको हो । २०१५ मंसिर २९ गते संयुक्त राष्ट्रसंघको सदस्य भएका छौँ।'

उनले तत्कालीन समयमा राजा महेन्द्र र वीरेन्द्र अमेरिका भ्रमण जाँदाको उक्ति सम्झँदै थपे, 'राजा महेन्द्र र राजा वीरेन्द्र अमेरिका भ्रमणमा जाँदा सिंगो देशनै बन्द गरेर स्वागत गरेको देश हो अमेरिका जहाँ अहिले लाखौँ नेपाली बस्छन् ती नेपालीको शीर निहुरियो कि निहुरियन? त्यसकारण त्यो पैसा ल्याउने को को हुन्? को-को बद्‌मास फटाहाहरू हुन् फ्रड गर्ने?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad