अपर हेवाखोला हाइड्रोपावर कम्पनीले ऋण घटाउन हकप्रद सेयर निष्काशन गर्ने भएको छ।
बुधबार बसेको कमपनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
यसका लागि विद्युत् नियमन आयोगसमक्ष पूर्वस्वीकृति माग गरेको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले ५० करोड रुपैयाँकाे १ बराबर १ अनुपातको हकप्रद सेयर सार्वजनिक निष्काशन गर्नलागेको हो।
कम्पनीको चुक्ता पुँजी अहिले ५० करोड छ। कम्पनीको १३औँ वार्षिक साधारणसभाले यसअघि नै १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ।
अपर हेवाखोला ८.५ मेगावाट क्षमताको जलविद्युत् आयोजना हो। आयोजना निर्माण गर्दा कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको थियो। अहिले त्यही ऋण घटाउने उद्देश्यले हकप्रदको प्रस्ताव गरेको हो।
63
Shares

प्रतिक्रिया