राजनीति


माओवादीले झापादेखि कञ्चनपुरसम्म ‘तराई-मधेस जागरण अभियान’ सञ्चालन गर्ने

माओवादीले झापादेखि कञ्चनपुरसम्म ‘तराई-मधेस जागरण अभियान’ सञ्चालन गर्ने

फाइल फोटो


नेपालखबर
फागुन ७, २०८१ बुधबार १७:३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले तराईका जिल्लाहरूमा अभियान सञ्चालन गर्ने भएको छ।

‘तराई–मधेस जागरण अभियान’ नाम दिएर माओवादीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको कार्यक्रम सार्वजनिक गरेको हो।

पार्टीलाई स्थानीयस्तरसम्म जोड्न, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध स्थापित गर्न तथा जनताबाट सुझाव संकलन गर्न भन्दै माओवादीले फागुन १२ देखि चैत ७ सम्म कार्यक्रम गर्न लागेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहने अभियान टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मीहरू रहने छन्।

अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट आदि हुने जनाइएको छ। अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने छ। विहान, दिउँसो र बेलुका गरी स–साना तीन वटा कार्यक्रम तय गर्न सकिने अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा जारी सर्कुलरमा उल्लेख छ।

सामान्यतयाः एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी निम्नानुसारको जिल्ला र समय  विभाजन गरिएको छः
प्रदेश नं– १
झापा– फागुन –१२ गते
मोरङ–  फागुन १३ गते
(फागुन– १४ गते शिवरात्री)
सुनसरी – १५ गते

मधेश प्रदेश
सप्तरी– फागुन  १६ गते
सिराहा– फागुन १७ गते
धनुषा– फागुन  १८ गते
महोत्तरी– फागुन १९ गते

(फागुन – २० गते बिश्राम)
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते

बागमती प्रदेश
चितवन– फागुन– २५ गते

गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
रुपन्देही– फागुन २८ गते
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते

सुदूरपश्चिम प्रदेश
कैलाली–चैत्र ६ गते
चैत्र ७ गते कञ्चनपुर पुगेर अभियानको समापन गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad