राजनीति


अध्यादेशको विपक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

अध्यादेशको विपक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

प्रकाश ज्वाला । फाइल तस्बिर


नेपालखबर
फागुन ६, २०८१ मंगलबार १८:३, काठमाडौँ

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले संसद्लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको बताए।

बैठकले भारतको ओडिसास्थित एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति सत्य तथ्य छानबिन गरी दोषिलाई कारबाही गर्न र विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति हुने गरी व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसँग माग गरिएको ज्वालाले जानकारी दिए।

बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता र आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनासहितका एजेन्डा पारित गरिएको ज्वालाको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad