राजनीति


चन्द्र भण्डारीको प्रश्न : उडिसाका विद्यार्थीलाई जहाजमा लिएर आउन सरकारलाई कसले रोकेको छ?

चन्द्र भण्डारीको प्रश्न : उडिसाका विद्यार्थीलाई जहाजमा लिएर आउन सरकारलाई कसले रोकेको छ?

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १८:११, काठमाडौँ

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले भारतको ओडिसामा अलपत्र परेका नेपाली विद्यार्थीलाई जहाज पठाएर ल्याउन सरकारलाई कसले रोकेको छ भन्दै प्रश्न गरेका छन्।  

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्साल आइतबार मृत भेटिएपछि घटनाले उग्र रुप लिएको छ। उक्त घटनाकै कारण त्यहाँ अध्ययनरत सयौँ विद्यार्थीलाई पनि कलेज र होस्टेलबाट निकालिएको थियो। 

विद्यार्थीहरूलाई निकालेको विश्वविद्यालय प्रशासनले अहिले भने फर्किन अपिल गरेको छ। नेपाली विद्यार्थीहरू खाइनखाइ कलक्ता रेल स्टेशन पुगेको र नेपाल फर्किन लागेको बताइरहेका छन्। 
उनीहरूले साथमा खानेकुरा र पैसा पनि नभएको गुनासो गरेका छन्।  

यसैसन्दर्भमा कांग्रेस सांसद भण्डारीले अलपत्र विद्यार्थीलाई जहाज पठाएर नेपाल ल्याउने र त्यसपछि विश्वविद्यालयसँग कुरा गर्ने बताएका छन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad