प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दैछन्।
प्रदेशसभा भवन देउखुरीमा सोमबार दिउँसो १२ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि गएको माघ २५ गते निमन्त्रणा गरेका थिए।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रदेशसभामा विशेष सम्बोधनका लागि निमन्त्रणा गरिएको हो।
प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गरेपछि घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले
सभापछि प्रधानमन्त्रीले तुल्सीपुरस्थित एक होटलकोसमेत उद्घाटन गर्ने कार्यक्रम छ।
Shares

प्रतिक्रिया