ad ad

राजनीति


कोरोना नियन्त्रण गर्न राष्ट्रपति र उप राष्ट्रपतिबाट सहयोगको घोषणा

कोरोना नियन्त्रण गर्न राष्ट्रपति र उप राष्ट्रपतिबाट सहयोगको घोषणा

नेपालखबर
चैत १०, २०७६ सोमबार १६:०,

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छन्।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा राष्ट्रपतिबाट उक्त पारिश्रमिक प्रदान गर्ने राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनलेसो कोषलाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने बताएका छन्।

उपराष्ट्रपतिले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपिलसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .