राष्ट्रिय सभाले प्रतिनिधि सभाका सदस्यलाई रुलिङ गरेको छ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार सम्प्रेषण गर्न निर्देशन दिएका हुन्।
शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रा) का प्रमुख सचेतक पनि हुन्।
राष्ट्रिय सभाको बैठकको शून्य समय र विशेष समयमा बोल्ने सांसदहरूले प्रतिनिधि सभा सदस्य शाहीले राष्ट्रियसभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाएको भन्दै आपत्ति जनाएका थिए।
शाहीका विरूद्धमा पारित खेद प्रस्तावमा भनिएको छ, ‘निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ। आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ।’
बैठकमा सांसदहरूले शाहीको अभिव्यक्तिप्रति खेद प्रस्ताव पारित गर्न माग गरेका थिए।
ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेको भन्दै सांसदको आपत्ति
Shares

प्रतिक्रिया