परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी चाँडै नै रिहा हुने बताएकी छन्। ओमानको राजधानी मस्कटमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँग भेटवार्ता गरेपछि उनले जोशी चाँडै रिहा हुने प्रतिक्रिया दिएकी हुन्।
'हामीले अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको सुरक्षित रिहाइ गर्ने प्रयासहरूबारे पनि छलफल गर्यौँ,' उनले सामाजिक सञ्चालमार्फत भनेकी छन्, 'हामी आशा गर्छौँ जोशी चाँडै रिहा हुनेछन्।'
हिन्द महासागर सम्मेलन-२०२५ मा सहभागी हुन ओमान पुगेकी राणाले कतारी राज्यमन्त्रीसँग साइडलाइन भेट गरेकी हुन्।
It was nice meeting H.E. Sultan bin Saad bin Sultan Al Muraikhi, Minister of State for Foreign Affairs of Qatar, on the sidelines of the 8th Indian Ocean Conference 2025.
Shares

प्रतिक्रिया