राजनीति


संसद्‌मा प्रकाश ज्वालालाई प्रधानमन्त्रीको जवाफ : आफैँ मन्त्री हुँदा नगर्ने, अहिले प्रश्न गर्ने?

संसद्‌मा प्रकाश ज्वालालाई प्रधानमन्त्रीको जवाफ : आफैँ मन्त्री हुँदा नगर्ने, अहिले प्रश्न गर्ने?

नेपालखबर
फागुन ४, २०८१ आइतबार १४:१४, काठमाडौँ

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रश्नोत्तर कार्यक्रम जारी छ। सभामुख देवराज घिमिरेले नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रकाशज्वालाई प्रश्न सोध्न अनुमति दिए। उनले सोधे, 'तपाईंले तामझामका साथ सुरु गरेको १६५ रणनीतिक सडक बजेट अभावले अलपत्र छ। पालिका अस्पताल अस्थिपञ्जर जस्ता भएका छन्। यी सम्पन्न गर्ने योजना के छन्?'
त्यस्तै उनले सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रुलाई ठूलो उपलब्धी मानेको भन्दै नागढुंगा सुरुङमार्ग सञ्चालनको योजना के छ भनेर पनि प्रश्न गरे। 

 'मैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरेर काम सुरु गरेँ। त्यसको केही समयमै सरकार परिवर्तन भयो म बाहिरिएँ। त्यसपछि आउने सरकारले निरन्तरता दिएनन्। निर्माण रोकियो,' उनले भने, 'प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ। तीनवर्ष रद्ध गर्ने अनि कार्यक्रम किन सुरु भएन प्रश्न सोध्ने? हाम्रो अनौठोको संस्कार छ।'

उनले सरकारले सढक पूर्वाधार विकासलाई महत्त्व दिएर सोहीअनुसार बजेट विनियोजन गरिरहेको पनि ओलीको भनाइ छ।   त्यसैगरी, नागढुङ्गा  सुरुङमार्ग २०८२ कात्तिकमा सक्ने लक्ष्य रहेकोमा हालसम्म ८५ प्रतिशत प्रगति भइसकेको उनले बताए। 

अहिले सुरुङमा आवश्यक पर्ने लाइटिङ, भ्यान्टिलेसनहरू निर्माणको काम भइरहेको पनि ओलीले जानकारी गराए।   यसैगरी राप्ती लोकमार्गमा ६० करोड बराबरको स्रोत सुनिश्चित गरी निर्माण कार्य अगाडि बढाइँदै गरेको पनि बताए। 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad