राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कसैले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नेकुरा स्वीकार्य नहुने बताएका छन्।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संविधान निर्माण गरिरहँदा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने विषय समेटिएको तर संविधान नै पूर्ण कार्यान्वयन हुन नसकेको उल्लेख गरे।
उनले इमान्दारिताका साथ संविधान संशोधन गर्न खोजेको भए रास्वपाको साथ रहने बताए। उनले राजनीतिक संस्कार स्थायी हुन जरुरी रहेको बताए।
उनले दुई तिहाई बहुमत ल्याउन निर्वाचनले कुनै पनि राजनीतिक दललाई नरोकेको बताए।
273
Shares

प्रतिक्रिया