राजनीति


अखिल कार्यकर्ताले प्रहरी कुटेको भिडिओ सार्वजनिक हुँदा सरकारलाई तनाव, छानबिन सुरु

अखिल कार्यकर्ताले प्रहरी कुटेको भिडिओ सार्वजनिक हुँदा सरकारलाई तनाव, छानबिन सुरु

नेपालखबर
फागुन २, २०८१ शुक्रबार २०:१५, काठमाडौँ

सत्तारूढ दल नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका कार्यकर्ताले ठमेलमाा प्रहरीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएको विषयमा छानबिन सुरु भएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले भिडिओ सार्वजनिक भएको विषयमा छानबिन गर्न निर्देशन दिँदै काठमाडौँ जिल्ला प्रहरी परिसरलाई पत्र पठाएको हो।

‘सीसीटीभीमा कस्तो कन्ट्रोल मेकानिजम छ। पव्लिकको सीसीटीभीबाट भिडिओ सार्वजनिक भएको हो कि हाम्रै बाट भएको हो, यसलााई हामीले कसरी सुरक्षित गर्न सकिन्छ आगामी दिनमा भन्ने हिसावले पनि हेर्न लागेका हौँ’, परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले नेपालखबरसँग भने।

माघ २४ गते अखिलका ५/६ जना कार्यकर्ताले ठमेलस्थित सडकमा हो हल्ला गर्दै हिँडेपछि प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी)ले फेला पारेको थियो। उनीहरूलाई सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरेका थिए।

अखिलका कार्यकर्ताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका थिए। क्युआरटीको मोटरसाइकलसमेत तोडफोड भएको थियो।

डीयूटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको आरोपमा सत्तारुढ दलको दबाबमाा प्रहरीले सुरुमा अखिलका स्थायी समिति सदस्य कमल जोशीलाई पक्राउ गरेको थिएन।

अराजक समूहको नेतृत्व गरेका जोशीलाई उन्मुक्ती दिने तयारी गरेपछि सोही भिडिओका आधारमा सत्तालाई दबाब परेको थियो। भिडिओमा उनले कुटपिट गरेकै देखिएको थियो। तर प्रहरीले पक्राउ नगरेपछि गृहमन्त्री र प्रहरी नेतृत्वको आलोचना भएको थियो।

चौतर्फी दबाब बढेपछि बिहीबार मात्रै जोशीलाई पक्राउ गरिएको थियो। बानेश्वरबाट पक्राउ परेका जोशीलाई ७ दिन हिरासतमा राख्न शुक्रबार म्याद दिएको छ।

प्रहरी कुटपिटमा संलग्न नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अझै फरार छन्। उनीहरुविरुद्ध पक्राउ अनुमति लिइसकेको छ।

घटना लगतै ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई प्रहरी पक्राउ गरेको थियो।

तर सत्तारुढ दलकै कार्यकर्तालाई काराबाहीको दायरामा ल्याउन बाध्य बनाएको भिडिओको विषयमा भने छानबिन सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad