राजनीति


अध्यक्षमा निर्वाचित बाबुरामलाई ७६१ मत, चापागाईंले पाए ७३

अध्यक्षमा निर्वाचित बाबुरामलाई ७६१ मत, चापागाईंले पाए ७३

नेपालखबर
फागुन १, २०८१ बिहिबार २१:११, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न पार्टीको प्रथम अधिवेशनबाट प्रतिष्पर्धी नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्।  
निर्वाचन समितिकाअुनसार भट्टराईले ७६१ मत प्राप्त गर्दा चापागाईंले ७३ मतमात्रै ल्याएका छन्।

माघ २९ गते मतदान भएकोमा बिहीबार मतपरिणाम आएको हो। महाधिवेशनमा एक हजार तीन सय २४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो।

उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्। साथै महिला उपाध्यक्षमा मानुषी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भए।

त्यसैगरी, महासचिवमा सोनामसिंह स्याङतान, सचिवमा आशाकुमारी तामाङ, लक्ष्मी कार्की सन्देश, भरत दाहाल निर्वाचित भए।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad