भूमि व्यवस्था, सहकारी तथा गरिबी निवरणमन्त्री बलराम अधिकारीले अध्यादेशको बारेमा अध्ययन गरेर मात्रै बोल्न आग्रह गरेका छन्। बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले अध्ययन नगरी भ्रम फैलाइएको भन्दै आपत्ति नजाएका हुन्।
'भूमिसम्बन्धी अहिले विविधखाले हल्ला गरिएको छ। हाम्रो देशको सन्दर्भमा धेरैखाले भूमिका अवस्थाहरू छन्। कतिपय बुझ्दैनबुझी, हेर्दै नहेरी अध्यादेशलाई खण्डन गर्ने काम गरिएको छ,' उनले भने, 'मैले कानुनविद्लाई पनि भनेँ, राजनीतिक नेताहरूलाई पनि भनेको छु। पहिला अध्यादेशमा के छ पढ्नुपर्यो। त्यसपछि बल्ल बाहिर बोल्नुपर्यो। होइन भने हामीसँग बहस गर्नुपर्यो। हामी बहस गर्न तयार छौँ।'
123
Shares

प्रतिक्रिया