सामाजिक सञ्जालमार्फत नाबालिकालाई दबाब तथा प्रभावमा पारी अनुचित लाभ लिन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेम काठमाडौं महानगरपालिका १६ खरिबोट बनस्थली बस्ने वर्ष २० को आयुष कुँवर रहेका छन्।
सो विषय नाबालिकाले अभिभावकलाई जानकारी गराएपछि प्रहरीको साइबर ब्यूरोले कुँवरलाई पक्राउ गरेको हो।
निज उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशले ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
342
Shares

प्रतिक्रिया