राजनीति


बालेनको भनाइमा परराष्ट्रमन्त्रीको प्रस्टीकरण, भने- नेपाल र भारतको सीमा द्विपक्षीय विषय हो

बालेनको भनाइमा परराष्ट्रमन्त्रीको प्रस्टीकरण, भने- नेपाल र भारतको सीमा द्विपक्षीय विषय हो

नेपालखबर
जेठ २७, २०८३ बुधबार १५:५०, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्टीकरण दिएका छन्। 

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रस्टीकरण दिँदै परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको भनाइ दशगाजा क्षेत्रको अतिक्रमणबारे भएको बताए। ‘प्रधानमन्त्रीज्यूले दिएको अभिव्यक्ति दशगाजा अतिक्रमण र क्रस बोर्डर अक्कुपेसनसँग सम्बन्धित छ,’ खनालले भने। 

त्यस्तै, नेपाल र भारतबीको सीमा सम्बन्धी विवादका विषयमा तेस्रो देशको मध्यस्थता नखोजेको बताए। सुगौली सन्धीसँगका कागजातमा बेलायतसँग सहयोग लिन सकिने भएकाले तेस्रो देशको नाम लिइएको बताए। 

‘नेपाल भारत सीमा द्विपीय विषय हो,’ खनालले भने, ‘कूटनीतिक संवाद र वार्तामातर्फ गर्न नेपाल प्रतिबद्ध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad