राजनीति


चीनद्वारा बीपी कोइराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम हस्तान्तरण

चीनद्वारा बीपी कोइराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम हस्तान्तरण

नेपालखबर
माघ ३०, २०८१ बुधबार १७:१५, काठमाडौँ

चीन सरकारले बीपी कोइराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम नेपाललाई हस्तान्तरण गरेको छ।

बुधबार नेपालका लागि चीनका राजदूत चेन सोङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई संग्रहालय हस्तान्तरण गरेका हुन्।

साथै आजबाट नै कीर्तिपुरस्थित बीपी कोइराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियममा विज्ञान सम्बन्धी प्रदर्शनी शुरु भएको छ। नयाँ सामग्रीमा मानिसहरूको विकास क्रमदेखि विज्ञानका विभिन्न प्रणाली र मेसिनहरू प्रदर्शनीमा राखिएको छ। 

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चीनले नेपाललाई धेरै पहिलादेखि प्रविधि, विकास निर्माण, शिक्षा, पर्यटन, विज्ञानका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे। साथै अन्तर्राष्ट्रिय विमानस्थल, हाइड्रोपावर, स्वास्थ्य क्षेत्र लगायतका बेलामा पनि सहयोग गरेको बताइन्।

उनले चीनसँग नेपालको सीमा जोडिएको मात्र नभइ जनता—जनता बीचको सम्बन्ध पनि प्रगाढ रहेको बताइन्। बेल्ट एण्ड रोड कार्यक्रमअन्तर्गत चीनले नेपालमा धेरै अवसर सिर्जना गरेको बताइन्।

उनले चीनले नेपाललाई अध्ययन, अनुसन्धानको क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको बताइन्।

मन्त्री भट्टराईले विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियमको माध्यमबाट चीन सरकारले नेपालका अध्ययन, अनुसन्धानकर्ता, विद्यार्थीका लागि ठूलो अवसर सिर्जना गरेको बताइन्। 

विज्ञान प्रविधिको विकासका लागि संग्रहालयले ठूलो भूमिका निभाउनेमा सरकार विश्वस्त रहेको उनको भनाई थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad