राजनीति


‘अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर विरोध नगरौँ’

‘अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर विरोध नगरौँ’

नेपालखबर
माघ ३०, २०८१ बुधबार १७:२२, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। राष्ट्रिय समाचार समितिको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘संसद्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले अध्यादेशको ‘कन्टेन्ट’ लाई लिएर कसैले पनि विरोध गर्न नपर्ने धारणा व्यक्त गरे।

‘आर्थिक विकास, लगानी प्रोत्साहन, सुशासनलाई गति दिन एवं भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न अध्यादेश आएको हो,’ कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने।

उनले सदनमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दल र आमजनताको बढीभन्दा बढी समर्थनमा संविधान संशोधन गरिने स्पष्ट पारे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले संसद्लाई रचनात्मक बहस गर्ने थलोका रुपमा आफूहरुले अघि बढाउन चाहेको उल्लेख गर्दै विधेयक र राष्ट्रिय नीति निर्माणमा सत्ता र प्रतिपक्ष एकै ठाउँमा उभिएर समान धारणा बनाउनुपर्नेमा जोड दिए।

उनले संविधानको मेरुदण्डका रुपमा रहेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी र सामाजिक न्यायलाई थप बलियो बनाउने गरी संविधान संशोधन हुने विश्वास दिलाए।

वर्तमान सरकारले अघि बढाएको सामाजिक सञ्जाल विधेयकले सामाजिक सञ्जाललाई नियन्त्रण नभई व्यवस्थित गर्ने दाबी गरे। ‘कसैलाई प्रतिबन्ध गर्न होइन, वाक स्वतन्त्रता कुन्ठित गर्न होइन, सामाजिक सञ्जाललाई सुरक्षित, व्यवस्थित, मर्यादित र नियमन गर्न हो, नियन्त्रण गर्न होइन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad