नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (प्रशिक्षण तर्फ) को पदमा कास्कीका डा. कृष्णप्रसाद पौडेल र निर्देशक (अनुसन्धान तर्फ) को पदमा चितवनका डा. सञ्जय महतो थारू नियुक्त भएका छन्।
कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले निर्देशकद्वयलाई नियुक्त गरेका हुन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम सो पदमा नियुक्त गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

प्रतिक्रिया