सेयरबजारमा आज झण्डै ९ अर्बको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड ५५ लाख कित्ता सेयर बिक्रीपछि ८ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको हो।
नेप्से परिसूचक १.८६ अंकले बढेको दिन १३४ वटा सेयरको मूल्य बढ्दा ९९ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३९ करोडको कारोबार हुँदा सीएचडीसीको ३७ करोड, रिभर फल्सको ३१ करोड, ङादी पावरको ३० करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोडको कारोबार भएको छ।
बुधबार गार्डियन माइक्रो लाइफको ९.९९ प्रतिशत, रिभर फल्स ८.०२ प्रतिशत, ङादी पावर ७.५९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंक ७.४६ प्रतिशत र सिन्धु विकास बैंक ७.०८ प्रतिशतले मूल्य बढेको छ।
गिरावट आउनेमा आज उपकार लघुवित्त अगाडि छ। कम्पनीको सेयर १० प्रतिशतले घट्दा सुपर मादी हाइड्रोका लगानीकर्ताले पनि आज १० प्रतिशत नै गुमाएका छन्।
बाँकी सेयरहरु अधिकतम ९.३० प्रतिशतसम्मले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
Shares

प्रतिक्रिया