राजनीति


मधेसका साना १० दलबीच ‘महागठबन्धन’

मधेसका साना १० दलबीच ‘महागठबन्धन’

नेपालखबर
माघ ३०, २०८१ बुधबार १४:५०, काठमाडौँ

तराई–मधेसका साना १० दलहरूले ‘महागठबन्धन’ गर्ने तयारी गरेका छन्।

आठदलीय मधेसी मोर्चामा अटाउन नसकेका दलहरूबीच मोर्चाबन्दीको गृहकार्य सुरु भएको हो।

पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा मधेसमा वैकल्पिक शक्ति निर्माण गर्न लागेको उनीहरूले बताएका छन्।

उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले देश र मधेसका लागि वैकल्पिक शक्ति निर्माण गर्न विभिन्न १० दलका साथै नागरिक अगुवाहरूको बैठक सम्पन्न भएको जनाइएको छ।

मंगलबार धनुषाको ढल्केबरमा बसेको बैठकले नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीलाई महागठबन्धन निर्माणका लागि जिम्मा दिएको हो।

बैठकमा नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतो, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारी, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, इतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुर, बहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता राजाराम पासवान, जन अधिकार पार्टी नेपालका अध्यक्ष ईमदाद गद्दी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य संजय सिंह, नेपाली जनता दल, स्वाधिन मधेश अभियानी लगायत सहभागी थिए।

बैठकले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरूको लागि संघर्ष गर्ने उद्देश्य प्राप्तिको लागि नागरिक समाज तथा राजनीतिक दलको संयुक्त महागठबन्धन निर्माण गर्ने निर्णय गरेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad