राजनीति


विपिन जोशीको अवस्थाबारे सदनलाई जानकारी होस् : चित्रबहादुर केसी

विपिन जोशीको अवस्थाबारे सदनलाई जानकारी होस् : चित्रबहादुर केसी

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८१ मंगलबार १५:४२, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले बाहिर जोशी जीवितै रहेको सुनिने गरे पनि सरकारले औपचारिक जानकारी नदिएको बताए। उनले जोशीको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ? भन्दै प्रश्नसमेत गरे।

‘इजरायल र हमासको बीचमा जुन द्वन्द्व भयो त्यसबाट पचासौँ हजार मान्छे मरे । दुईपक्षबीच शान्ति सम्झौता भएपछि कयौं देशका गिरफ्तारीमा परेका नागरिक रिहाइ भए । तर कञ्चनपुरका विपिन जोशीको अत्तोपत्तो छैन,'उनले भने,'यसबारे सरकारले संसदलाई जानकारी गराउनु पर्दैन? बाहिर बाहिर सुनिन्छ, उहाँ जिउँदै हुनुहुन्छ। सरकारले जिउँदै हुनुहुन्छ भनेर मात्र जिम्मेवारी पूरा हुन्न। सरकारले उहाँको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ? कस्तो संघर्ष गरिरहेको छ। यो संसदलाई जानकारी होस्।’

७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए। भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो। उनको अवस्था अझै अज्ञात छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad