राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्।
मंगलबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै शाहले पारदर्शीताको कुरा गर्ने सरकारले मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै प्रश्न गरेका हुन् ।
‘सरकारले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेन। पारदर्शिताको नारा घन्काउनेहरू किन मौन छन्‚’ उनले भने,‘मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारको फाइल खुल्ने आश गर्नु बेकार हो त? तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गरोस्।’
90
Shares

प्रतिक्रिया