राजनीति


सांसद खनालको प्रश्न : प्रहरीकै सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने?

सांसद खनालको प्रश्न : प्रहरीकै सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने?

नेपालखबर
माघ २९, २०८१ मंगलबार १३:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखक कुन नैतिकतामा पदमा बसिरहेको भन्दै प्रश्न गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै खनालले आफैँले कमान्ड गरिरहेको प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै खनालले मन्त्रीको आलोचना गरेका हुन्।  

केही दिनअघि काठमाडौँको ठमेलमा प्रहरीमाथि हातपात भएको थियो। उनले उक्त घटनालाई लिएर गृहमन्त्रीमाथि प्रश्न गरेका हुन्।  

‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेन छ। त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ,' उनले भने, 'उहाँहरूले लेख्नुभएको छ क्याम्पसको कक्षा कोठामा सधैँ उहाँहरूको दादागिरी चल्थ्यो। तर, अब पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र? कृपया यसबारे बोलिदिनु न।’

उनले कहिले नेविसंघका विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउन पाइने त कहिले सत्ता टिकाउन पर्ने बहानामा अखिल समर्थक विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने भनेर सरकारको आलोचना गरे। ‘यता अभद्र व्यवहार भनेर आशिका तामाङहरू जस्तालाई १५–१५ दिन हतकडी लगाएर डुलाउने,’ उनले भने,'कुन नैतिकताले गृहमन्त्री कुर्सीमा बस्ने हो जवाफ दिनु पर्‍यो।'

देशमा युवाहरू बस्ने वातावरण बिगारिएको भन्दै उनले गृहमन्त्रीमाथि प्रश्न गरे। ‘दुई तिहाइको तपाईँहरूको बहुमत छ, गृहमन्त्रीले आफैले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको युवाको देशमा किन बस्ने?,' उनले प्रश्न गरे, 'तपाईंहरूलाई भोट हाल्न मात्र बस्ने? जवाफ चाहियो।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad