राजनीति


केवलकार विवाद वार्ताबाट समाधान गर्न मानवअधिकार आयोगको आग्रह

केवलकार विवाद वार्ताबाट समाधान गर्न मानवअधिकार आयोगको आग्रह

नेपालखबर
माघ २८, २०८१ सोमबार २०:५०, मोरङ

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङ्ग केबलकार विवाद वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त विवादमा दुवै  पक्षले एकअर्कालाई सम्मानका साथ मिलेर समाधान गर्न आग्रह गरेका हुन्।

अध्यक्ष मगरले उक्त स्थानमा भएका घटनाका सम्बन्धमा अनुगमन गरी विज्ञप्तिसमेत जारी गरेको जानकारी दिए। उनले आयोगमा आएको नागरिकतासम्बन्धी उजुरीलाई सम्बन्धित ठाउँमा पठाइ समस्या समाधान गरेको बताए।

कार्यक्रममा आयोगका सचिव मुरारीप्रसाद खरेल र प्रदेश कार्यालयका प्रमुख बिरबहादुर वुढामगरले आयोग प्रत्येक घटनाप्रति जानकार रहेको र अनुसन्धान गरी कारवाहीका लागि काम गरिरहेको बताए।

कार्यक्रममा अनौपचारिक सेवा केन्द्र (इन्सेक) का कोशी संयोजक मनोहर पोखरेल, सिविनका वासु अधिकारी, अपाङ्गता संस्थाका चेतनाथ पोखरेल, सञ्चारकर्मी मोहन मानन्धर, किशोर वुढाथोकी, प्रेम देवानलगायतले आयोगले एकल महिलाका, बालबालिकाका, नागरिकता समस्या समाधान गर्न  र सञ्चारमाध्यम आएका मानवअधिकार उल्लङ्घनका घटनामा आवश्यक अनुगमन गर्न सुझाव दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad