राजनीति


रहिनन् पञ्चायतकालकी जनपक्षीय सांसद नानीमैया

रहिनन् पञ्चायतकालकी जनपक्षीय सांसद नानीमैया

नेपालखबर
माघ २८, २०८१ सोमबार १८:३८, काठमाडौँ

पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रूपमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी नानीमैयाँ दाहालको निधन भएको छ।

दाहालको ९२ वर्षको उमेरमा सोमबार दिउँसो साढे २ बजे काठमाडौँको एक अस्पतालमा निधन भएको हो।

पञ्चायत व्यवस्था लागू भएपछि ०३८ वैशाख २७ गते राष्ट्रिय पञ्चायतको चुनाव भएको थियो। सो निर्दलीय चुनावमा काठमाडौँ १ बाट नानीमैया दाहालले जितेकी थिइन्।

काठमाडौं १ मा नानीमैयाको जितबाट पञ्चायती शासकहरूले धक्का महसुस गरेका थिए। किनभने, व्यवस्थाप्रति असन्तुष्ट काठमाडौंबासीले रहस्यमय तरिकाले नानीमैयालाई चुनावमा खडा गरेर जिताइदिएका थिए।

त्यही घटनाबाट काठमाडौंका मतदाताले अनौठो निर्णय गर्छन् र सत्तापक्षलाई खुसुक्कै हराइदिन्छन् भन्ने भाष्य बनेको थियो।

उनी २०२९ सालमा काठमाडौँकी उपप्रधानपञ्च पनि भएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad