राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामाले सरकार ऐन कानुनका आधारमा नभई नियमावलीको आधारमा आफू अनुकूलको कानुन बनाउन उद्दत रहेको आरोप लगाएकी छन्।
आज सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले जनताका समस्या र विकास निर्माणको सवालमा उठाएका सवालल सरकारले सुन्न छोडेको बताएकी हुन्।
‘सरकार ध्यानाकर्षण गराएका कुराहरु सुनिरहेको छैन। सुनोस् पनि कसरी सरकार ऐन, कानूनमा टेकेर हैन नियमावली हेरेर ऐन कानून परिवर्तन गर्न जोड दिइरहेको छ,' उनले भने, 'पारित भएर आएको कानुबाट सरकार ऐन र कानुनको माध्यमबाट नभई नियमावलीमा टेकेर कानुन निर्माण गरेर भ्रष्टाचार गर्न तयार रहेको छ भन्ने प्रष्ट भएको छ। जनताको समस्या जताततै छ सभामुख महोदय कहाँबाट सुरु गरौँ?’
45
Shares

प्रतिक्रिया