जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताएका छन्।
आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताए।
अध्यक्ष राउतले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैयर्ता राख्नुपर्ने स्पष्ट पारे। उनले आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभइ विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको बताए।
अध्यक्ष राउतले भने, ‘जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैयर्ता हामी नेतृत्व वर्गमा पनि चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ। त्यसमा समय लाग्छ। त्यो यत्तिकै रातारात हुनेकुरा होइन।’
अध्यक्ष राउतले पुराना राजनीतिक दलहरूबाट सिकेर नयाँ पार्टी अघि बढ्नुपर्ने बताए। पुराना राजनीतिक दलहरू पनि रातारात नआएको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया