नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)ले महाधिवेशनमा पुराना पार्टीहरूलाई नबोलाउने भएको छ। माघ २७ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा पुराना कुनै पार्टीलाई नबोलाउने निर्णय भएको नेता कृष्ण शर्माले जानकारी दिए।
पार्टीले स्थानीय निकायलाई मुख्य आधार मानेको बताउँदै ७५३ मध्ये ५१२ स्थानीय निकायबाट प्रतिनिधित्व भएको बताए। ३१ हजार पार्टी सदस्यहरू, त्यहाँबाट निर्वाचित भएका १ हजार ५ सय प्रतिनिधिहरू काठमाडौँ आइसकेको उनको भनाइ छ। उनले पार्टीका नेताहरू आफैँ आत्मनिर्भर हुने, स्वायत्त र स्वचालित ढंगका पार्टीका नियकाहरू हुने उल्लेख गरे। शक्ति पृथकीकरणको सिद्धान्तलाई पार्टीभित्र अपनाउने बताए।
महाधिवेशनमा प्रवासमा रहने सदस्यहरूका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको नेत्री हिसिला यमीले बताइन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रवासमा रहेका प्रतिनिधिलाई अनलाइन भोटिङको व्यवस्था गरिएको बताएकी हुन्।
‘हामी एउटा नयाँ एक्सपेरिमेन्ट गर्दैछौँ। समावेशीलाई साँच्चै त्यसको मर्मलाई समेटेका छौँ,' उनले भनिन्, 'हाम्रो पदाधिकारीमै समावेशीअन्तर्गत अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा व्यक्तिगत प्रतिष्पर्धाको आधारमा छ भने उपाध्यक्ष ग्रुप प्रतिष्पर्धाको माध्यमबाट आउने, सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि-इलेक्शनको माध्यमबाट गर्दैछौँ।
Shares

प्रतिक्रिया