राजनीति


अध्यादेशबारे संसद्को अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुन्छौँ : जसपा

अध्यादेशबारे संसद्को अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुन्छौँ : जसपा

नेपालखबर
माघ २४, २०८१ बिहिबार १९:१७, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा), नेपालका उपाध्यक्ष राजकिशोर यादवले अध्यादेशको विषयमा संसद्को अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष यादवले अध्यादेशसम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदनको गहिरो ढंगले पार्टीले अध्ययन गरिरहेको बताएका हुन्।  

उनले अध्यादेशबारे आज नै निष्कर्षमा पुग्ने भनेर पार्टीको बैठक बसेको भएपनि  सभाको कार्यसूचीबाट अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको कारण निष्कर्षमा पुग्न नसेको बताए।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेशका सन्दर्भमा सरकारलाई सहयोग गर्न आग्रह गरेकोसमेत उल्लेख गरे। उनले सभापति देउवाले सहयोग गर्न अनुरोध गरेको भए पनि आफूहरूले कार्यदलको सुझावको आधारमा निर्णय लिने बताएको जानकारी दिए। 

‘हामीले अध्यादेश अध्ययन प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका छौँ। निष्कर्षमा पुग्ने भन्ने आजको कार्यसूची थियो। तर संसद्को कार्यसूचीबाटै अध्यादेश पेस गर्ने कार्यसूची हटाइयो,' उनले भने, 'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले हिजो राति नै फोन गरेर एकचोटि भेट्ने भनेर बोलाइसकेपछि हाम्रो पार्टी  अध्यक्ष र म स्वयं भेटेका हौं । उहाँले अध्यादेशमा सहयोग गर्नुस् भन्ने कुरा राख्नुभयो। हाम्रो तर्फबाट कार्यदलले अध्ययन गर्दैछ।'


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad