राजनीति


अधिवेशनको तयारीमा एमाले मोरङ

अधिवेशनको तयारीमा एमाले मोरङ

नेपालखबर
माघ २३, २०८१ बुधबार १४:४५, विराटनगर

नेकपा एमाले मोरङले १०औं जिल्ला अधिवेशनको तयारी गरेको छ। आगामी फागुन १७ गतेदेखि १९ गतेसम्म विराटनगरमा अधिवेशन गर्ने गरी तयारी गरिएको जिल्ला अध्यक्ष बाबुराम कार्कीले जानकारी दिए। यसका लागि एमाले मोरङले एकै दिनमा प्रतिनिधि छनोट गर्ने तयारी पनि गरेको छ। 

कार्कीले जिल्लाका १७ वटै स्थानीय तहका १५९ वटा वडामा एकै दिन प्रतिनिधि छनोट हुने बताए। फागुन १० मा १५९ वटा वडामा एकैपटक प्रतिनिधि चयन हुने भए पनि प्रतिनिधि अनुपात तोक्न बाँकी रहेको उनको भनाइ छ। 

पार्टीको विधानअनुसार मोरङमा १६५ सदस्यीय जिल्ला कमिटी गठन हुने कार्कीको भनाइ छ।  एमाले मोरङको १० औँ अधिवेशनअघि १८ हजार बढी सदस्य कायम भएको नेकपा एमालेले जनाएको छ। 

यस्तै अधिवेशन गर्नको लागि कार्कीको अध्यक्षतामा मूल समिति र विभिन्न १० वटा उपसमिति बनाइएको छ।  आर्थिक व्यवस्थापन, स्वयंसेवक, प्रचारप्रसार, मञ्च व्यवस्थापन, अतिथि सत्कार, राजनीतिक प्रतिवेदन लेखन, साङ्गठनिक प्रतिवेदन लेखन, खाद्य तथा आवास व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन र स्वास्थ्य उपसमिति गठन गरेको सहसचिव सोमराज थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad